पृष्ठभूमि
नेपाल एसियाका दुई विशाल राष्ट्र चीन र भारतको मध्य भागमा अवस्थित एक सानो अति कम विकसित राष्ट्र हो । मुलुकमा योजनावद्घ आर्थिक विकास प्रयास सुरु भएको छ दशक भइसकेको छ। यस अवधिमा मुलुकका केही सामाजीक क्षेत्रहरु (स्वास्थ्य, शिक्षा) र यातायात, दूर संचार, विद्युत जस्ता आधारभूत पूर्वाधारहरुको निर्माण र विकासमा निकै प्रगति भएको छ। राजनैतिक अस्थिरता, भौगोलिक स्थिति, गरीवि र अशिक्षाको व्याप्तताका कारण मुलुक अझै विकसित राष्ट्रहरुको श्रेणीमा पुग्न सकेको छैन। यस अवधिमा केही साना तर उत्पादनशील क्षेत्रलाई पनि आर्थिक विकास प्रयासमा पूर्ण रुपमा समेट्न सकिएको छैन। सुरक्षण मुद्रण क्षेत्र यस तथ्यको एक ज्वलन्त उदाहरण मान्न सकिन्छ।
यस पृष्ठभूमिमा नेपाल सरकारले विकास समिति ऐन २०१३ मा भएको वैधानिक व्यवस्था अनुसार सुरक्षण मुद्रण विकास समिति (गठन) आदेश जारी गरेको हो। यस आदेशमा भएको मुख्य व्यवस्था अनुसार सुरक्षण मुद्रण केन्द्र हालै स्थापना भई यसको प्रशासकीय कार्यालय सिहंदरबारमा रहेको छ ।
कार्यक्षेत्र
- सुरक्षण मुद्रण सम्बन्धी नीतियोजना, बजेट तथा कार्यक्रम तर्जुमा
- सुरक्षण मुद्रणका लागी आवश्यक पर्ने भौतिक पुर्वाधार निर्माण
- राहदानी, चेकबुक, स्मार्टकार्ड, हुलाक टिकट, बैंक नोट, अन्तःशुल्क स्टीकर आदिको मुद्रणका लागी सुरक्षण प्रेसको स्थापना र संचालन
- राहदानी र स्मार्टकार्डहरुको पर्सनलाईजेशन
- समितिले प्रदान गर्ने सेवाको शुल्क निर्धारण
- सुरक्षण मुद्रण सम्बन्धी आवश्यक अध्ययन, अनुसन्धान
- सुरक्षण मुद्रण सम्बन्धी तालिम तथा प्रशिक्षण कार्यक्रम संचालन
- समितिको लागीे आर्थीक सा्रेतको व्यवस्था
सुरक्षण मुद्रण विकास समितिको बनावट
क) सचिव, सुचना तथा संचार मन्त्रालय |
अध्यक्ष |
ख) सहसचिब, अर्थमन्त्रालय |
सदस्य |
ग) सहसचिब, विज्ञान तथा प्रविधि मन्त्रालय |
सदस्य |
घ) सहसचिव, परराष्ट्र मन्त्रालय |
सदस्य |
ङ) सहसचिव, गृह मन्त्रालय |
सदस्य |
च) महानिर्देशक, मुद्रण विभाग |
सदस्य |
छ) मन्त्रालयबाट मनोनित एक जना महिला सहित दुई जना |
सदस्य |
ज) कार्यकारी निर्देशक |
सदस्य सचिव |