रणनैतिक उद्देश्यहरु

 

सुरक्षण मुद्रणलाई तीन चरणमा विकास गर्नका निमित्त एक कार्यमूलक एवं नतीजामूलक गुरुयोजना तर्जुमा गर्ने

क) प्रथम चरणः नेपाललाई पाँच बर्ष भित्र आत्मनिर्भर बनाउने

ख) द्वितीय चरणः आगामी दश बर्ष भित्र सुरक्षण मुद्रण सम्बन्धी विश्वसनीय सेवा र गुणस्तरीय सुरक्षण वस्तु सार्क र दक्षिण पूर्वी एशियाका राष्ट्रहरुमा उपलब्ध गराउने

ग) तृतीय चरणः आगामी १५ बर्ष भित्र सुरक्षण मुद्रण सम्बन्धी विश्वसनीय सेवा र गुणस्तरयूक्त सुरक्षण वस्तु अन्य बाँकी तेस्रो मुलुकहरुमा उपलब्ध गराउने

  • उच्च प्राथमिकता प्राप्त राष्ट्रिय गौरवका आयोजना सरह सुरक्षण मुद्रणका विकास सम्बन्धी कार्यक्रमहरुलाई मुख्य प्राथमिकता दिने
  • सुरक्षण मुद्रणलाई अति आवश्यक सेवाको रुपमा पूर्ण मान्यता दिन कानुनी व्यवस्था गर्ने
  • ख्यातिप्राप्त विज्ञ, प्राज्ञिक व्यक्तित्व, अनुभव प्राप्त प्रशासकहरु सम्मिलित एक संगठन विकास अध्ययन समूह गठन गरी सो समूहबाट प्राप्तहुने प्रतिवेदनका आधारमा सुरक्षण मुद्रण केन्द्रको कार्यमूलक संगठनात्मक ढाँचाको विकास र आवश्यक जनशक्तिको निर्धारण गर्ने ।
कृष्ण बहादुर राउत
अध्यक्ष, सुरक्षण मुद्रण विकास समिति एवं सचिव, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय
.
कार्यकारी निर्देशक, सुरक्षण मुद्रण केन्द्र