सुरक्षण मुद्रण केन्द्रको नीति तथा कार्यक्रमहरुको एक झलक
दुरुदृष्टिः
सुरक्षण मुद्रणमा नेपाललाई आत्मनिर्भर बनाई अन्तर्राष्ट्रिय बजारमा आकर्षक विन्दुको रुपमा सुरक्षण मुद्रण केन्द्रलाई विकास गर्ने
उद्देश्यः
सुरक्षण मुद्रणका लागि विदेशी कम्पनीमा भएको खर्चलाई बचत गर्ने र सुरक्षण मुद्रण सम्बन्धी विश्वसनीय सेवा र गुणस्तरीय वस्तु अन्तर्राष्ट्रिय बजारमा उपलब्ध गराउने
लक्ष्यः
सुरक्षण मुद्रणलाई राष्ट्रिय आय, उत्पादनशील रोजगारी तथा बढी मात्रामा वैदेशिक मुद्रा आर्जन गर्ने स्रोतका रुपमा विकास गर्ने ।