वि.सं:
नेपाल संवत: ११४६ वछलाथ्व दशमी - १०
सुरक्षण मुद्रण केन्द्रले आगामी आवश्यकताका लागि विभिन्न वस्तु तथा सेवा आपूर्तिकर्ताहरूलाई सूची दर्ताको लागि आह्वान गरेको छ। सुरक्षण कागज, मसी (सुरक्षण, अफसेट लगायत), कार्यालय उपकरण, सीसीटीभी, एसी, विद्युत उपकरण, UPS, जनशक्ति सेवा, भवन मर्मतसम्भार, तथा अन्य प्राविधिक सेवाहरू आपूर्ति गर्न इच्छुक कम्पनीहरूलाई आवश्यक कागजातसहित केन्द्रमा सम्पर्क राख्न सूचित गरिएको छ। सूची दर्ताका लागि अन्तिम म्याद र प्रक्रिया केन्द्रको वेबसाइटमार्फत जानकारी लिन सकिने छ।